हिन्दी चलचित्र आदिपुरुषबारे सञ्चार मन्त्रालयको गम्भीर ध्यानाकर्षण

    • असार ३, २०८०
    • २८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    आइतबार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति जारी गर्दै नेपालक राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत गरिएको संवादको विषयमा ध्यानाकर्षण भएको विज्ञीीप्तीमा उल्लेख हो।

    विज्ञप्तिमा भनिएको छ, ‘हिन्दी भाषाको कथानक चलचित्र आदिपुरूषको जाँचका लागि चलचित्र विकास बोर्डबाट मिति २०८० साल जेष्ठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा ‘भारतकी’ शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो। नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

    adi putrudh

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल