सिरहा, २६ असार। सिरहा प्रहरीले ४ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियनत्तणमा लिएको छ। जिल्लाको नजराजपुर गाउँपालिका ३ जगतपुरका ३० वर्षिय वीरेन्द्र यादबलाई उक्त पदार्थसहित घरबाटै विहिवार बेलुका नियन्त्रणमा लिएको हो। 

यादवको घरमा लागु पदार्थ खैरोहिरोइनको विक्री वितरण भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरपतारका टोलिले यादवको साथबाट उक्त परिमाणको लागुपदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले यादवको घर तथा शरीरको खानतलासी गर्दा उनको साथबाट कापो प्लाष्टिकमा पोकोपारेको अवस्थामा उक्त परिमाणको पदार्थ फेला परेको जनाएको छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।