जनकपुरधाम, ३२ असार। नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका जनकपुरको मुजेलियाबाट पक्राउ परेका छन्। मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
मुरारकालाई बिहीबार जनकपुर प्रहरीले पक्राउ गरेका हो। हाल उनलाई वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















