सिरहा, ३२ असार। सिरहा प्रहरीले एक थान कटुवा पेस्तोल र दुईथान गोलीसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सिरहा नपा ७ बाट भारत मधुवनी जिल्ला विहार थाना रामनगर ग्राम पञ्चायत परबारा ८ सहर्वाका २६ वर्षीय रोशन कुमार यादवलाई विहिवार विहान कटुवा पेस्तोल र दुईथान लाईभ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलिले सिरहा नपा ७ हुलाकी डकको भित्रिभागबाट सिरहा बजारतर्फ आईरहेको बीआर ०७ एजेड ४२१५ नम्वरको मोटरसाइकल चेक गर्दा आलु, प्याज, झिङ्गनी लगाएतको तरकारीको झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए।
उनले सो हतियार के प्रयोजनको लागि बोकेको भन्ने अभैm नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।






















