साङ्केतिक फोटो।

जनकपुरधाम, २६ असार। सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। सर्लाहीको गौडेता नगरपालिका १० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर शुक्रबार आत्मदाहाका प्रयास गरेका हुन्।

उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनले घरबाट टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए। घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

प्रहरीले तत्काल उपचार उद्धारमा लागेकाले आगो लगाउनुको कारणाबारे खोजविन गर्न बाँकी रहेको बताए।