सिरहाका मेयर यादवले चिकित्सक र कर्मचारीलाई अभद्र व्यबहार भएको भन्दै खेद प्रकट

    • जेठ २७, २०८०
    • ५१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ जेठ। सिरहा नगरपालिकाका मेयर नविन कुमार यादवसहित १५–२० जनाको समूहले प्रदेशिक अस्पताल सिरहामा कार्यरत चिकित्कस, कर्मचारीहरुलाई गाली वेइज्जती र हातपात गरेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले खेद प्रकट गरेको छ।

    सिरहा नगरपालिका १४ का ३१ वर्षिय आरटीएका विरामी आशिष मण्डलको उपचार भईरहेको अवस्था सोमबार राति करिव ८ बजे मेयर यादवसँगै आएका सिरहा २ का अर्जुन यादव, १८ का रुपेश कुमार यादव(मुना) सहित करिव २० जनाको समूले आकस्मिक कक्षमा कार्यरत चिकित्सक र कर्मचारीहरुलाई गाली वेइज्जती र हातपात गरेको भन्दै समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले प्रस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो।

    अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नगर प्रमुखजस्तो गरिमाय पदमा रहेका व्यक्ति र सँगै समूहमा आएका व्यक्तिहरुले अस्पतालका कर्मचारी र चिकित्सकमाथि अमर्यादित र अभद्र व्यबहार भएको घटना प्रति घर आपति तथा खेद प्रकट गर्दछु।’

    मेयर यादवले यस अघिपनि विद्यालयमा पुगेर बालकहरुको केस काटेर विगारी दिने, शिक्षकहरुसँग अमर्यादित ढङ्गले प्रस्तुतहुने आरोप लाग्दै आएको छ।

    siraha aspadal bigyapti

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    इलाम–२ का प्रमुख उम् ...

      इलामा, १५ बैशाख। इलाम क्षेत्र नं २ मा प्रति ...

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल