महिनावारी स्वच्छता दिवसमा मेला आयोजना

    • जेठ १६, २०८०
    • २४२ पटक पढिएको
    • गमक पाेस्ट

    एलिना हिङ्गमाङ्ग चौधरी

    ल्हान,१६ जेठ। ‘सम्मानित महिनाबारी हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ विश्व महिनावारी स्वच्छता मेला २०२३ लहान नगरपालिका स्थित पशुपति आदर्श माध्यामिक विद्यालयको प्रांगणमा सम्पन्न भएकोछ।

    Narahabalbibah

    महिनावारी स्वच्छताको विषयमा सचेतना फैलाउने उद्धेश्यले दलित जनकल्याण युवा क्लव विकन परियोजना लहानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेश सांसद ललिता दास रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले महिनावारी एक प्राकृतिक र निरन्तर रुपमा हुने प्रकृया भएकाले यसको सरसफाईमा विशेष रुपमा ध्यान दिएमा संक्रमणकालीन रोगहरु वाट वच्न सकिने बताए।

    मेलामा लहान नगरपालिका भित्रका १४ वटा सरकारी विद्यालय करीव १२ सय शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो। मेलामा महिनावारी स्वच्छता व्यवस्थापनका वारेमा, मनोसामाजिक परामर्शका वारेमा मनोपरामर्श सेवा सिएमसि नेपाल र अन्य विद्यालयहरुद्वारा स्टलहरु राखिएका थिए। मेलामा मिथिला युवा बैठारद्वारा महिनावारी स्वच्छताका वारेमा नाटक, विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

    महिनावारीलाई अझैपनि समाजमा एक अभिसापको रुपमा हेरिने भएकाले यस्ता गलत सोचाईहरुलाई न्युनिकरण गर्दै लैजानका लागि सहयोग पुगोस भनेर यो कायक्रमको आयोजना गरिएको आयोजक संस्थाका कार्यकारी निर्दैशक विनोद कुमार विसंकेले जानकारी दिए।

     

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल