नेपाल–भारत एक–आर्कोको प्रगतिमा साहायता गर्न सक्नुपर्छ : भारतीय राजनदुत श्रीवास्तव

    • माघ २०, २०७९
    • ७१० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० माघ। नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत र नेपाल मिलेर एक आर्कोको प्रगतिमा साहायता गर्न सकिने बताएको छ। सिरहाको धनगढीमाई नपा ११ छपडारीमा भारत सरकारको आर्थिक अनुदानमा निर्मित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल’को आज शुक्रवार उद्घाटन गर्दै दुवै देशले एक अर्काको विकास पथमा सहायता गर्न सकिने बताएको हो।

    भारत आफ्नो विकासको गतिमा अगाडी बढीरहेको बताउँदै राजदुत श्रीवास्तले भने, ‘हामी हाम्रो मुलुकको विकासको गतिमा अगाडी बढाईरहेका छौं; मित्रताको हिसावले नेपालको विकास पथमा पनि भागित बन्न चाहन्छौं, आजको उद्घाटन पनि त्यसैको एउटा उदाहरण हो।’

    उनले थपे, ‘यसैगरी भारत र नेपाल एक अर्काको प्रगतिमा निरन्तर सहयात्री बन्न सक्छौंं।’

    अस्ताल भारत सरकारको ३ करोड ५० लाख आर्थिक सहयोगमा ५० शैया क्षमताको भवन १० वर्ष अधिनी निर्माण भएको थियो। विभिन्न कारणले अस्पताल हस्तान्तरण हुन नसकेको बताइएको छ।

    सोही क्रममा राजदुत श्रीवास्तवले यस अस्पताललाई एउटा एम्वुलेन्स दिने निर्णय भएको बताए। उनले नेपाल सरकारको संघिय स्वास्थ्य मन्त्रालयले स्वीकृती दिनासाथ यसैगरी समारोहको आयोजना गरी एम्वुलेन्स पनि हस्तान्तरण गरिने बताए।

    अस्पताल र एम्वुलेन्स सेवाले यस क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अस्पताल स्थापना पछि यस क्षेत्रको जनताको स्वास्थ्य उपचारमा सहयोग पुगेकपो छ, एम्वुल्नेन्स आएपछि झन सुविधा थपीने विश्वास गरेको छु।’

    यो सहित सिरहा जिल्लामा यस्ता खालका १२ वटा योजनाहरु रहेको जानकारी दिए। कतिपय योजनाहरु चाँडै उद्घाटन गर्ने अवस्थामा पुगेको पनि राजदुत श्रीवास्तवले बताए। उनले भने, ‘कतिपय योजनाहरु आज नै उद्घाटन गर्नेभन्ने थियो, प्राविधिक कारणवस आज हुन सकेन, त्यो पनि चाँडै उद्घाटन हुन्छ।’

    सोही क्रममा उनले २००३ पछिमात्र सिरहा जिल्लामा १६ वटा एम्वुलेन्स र २ वटा स्कूलवस सहयोग गरेको जानकारी दिए। उनले भने, ‘अव यो अस्पतालमा एउटा एम्वुलेन्स आउँदा १७ वटा पुग्छ।’

    गत मंसिरबाट १५ शैयाको अनुमति लिएर अस्पताल सञ्चालनमा रहेको छ। अहिले ३५ देखि ५० जनासम्म विरामी सेवालिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

    उद्घाटन कार्यक्रममा प्रदेश सासंदहरु राजेन्द्र प्रसाद चौधरी, ललिता विद्रोही, जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो लगायतका उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले गरेका थिए।

    bahratia dut1

    barger   

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल