जनप्रतिनिधी र स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा अन्धाधुन्ध उत्खनन

    • माघ १६, २०७९
    • ७३३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ माघ। सिरहाको धनगढीमाई नगरपालिकामा जनप्रतिनिधी र स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा अन्धाधुन्ध माटो तथा ग्र्याभेल उत्खनन् भईरहेको छ। जनप्रतिनिधी र स्थानीय प्रहरी प्रशासनकै मिलेमत्तोमा वडा नम्वर ८ र १३ बाट माटो तथा ग्र्याभेल उत्खनन भईरहेको हो।

    प्रहरीले माटो उत्दनन गरिरहेको अवस्थामा ७ वटा टिफर र एउटा जेसिभी नियन्त्रणमा लिएको भएपनि फर्जि कागजको भरमा छोडिदिएको छ। अस्थाई प्रहरी पोष्ट कसहाले विशेष सुचनाको आधारमा माटो उत्खनन गरिरहेको अवस्थानबाट ग. १ ख ८६८६, बा. ५ ख. ३८८७, ना. १ . ९११९ र प्र. ३०१–००३ क ५५२२ नम्वरको टिफर र प्र. १०२००१ क ४३७९ नम्वरको जेसीभी नियन्त्रणमा लिएको थियो।

    त्यसैगरी गोलबजार प्रहरी खोलाको बाटोहुँदा माटो ल्याउँदैगरेको अवस्थामा ना. ३ ख ८४२४, बा. ५ ख ४५७६ र प्र. २–०३–००१ क १३१७ नम्वरको टिफर नियन्त्रणमा लिएपनि फर्जि कागजको भरमा प्रहरीले छोडी दिएको छ।

    नियन्त्रणमा लिएको टिफर प्रहरीले नगरपालिकाको कार्यालय प्रायोजनको लागि प्रयोग हुने प्राविधिक प्रतिवेनदन देखाएको भरमा छोडी दिएको छ। धनगढीमाई नगरपालिकाका एक प्राविधिकले त्यो प्रतिवेदन प्राविधिकले बनाएर प्रशासकिय अधिकृतलाई लेखेको भएपनि उनीहरुको हातमा कसरी पुग्यो भन्ने आश्चर्य ब्यक्त गरे। ती प्राविधिकले भने, ‘यो उत्दनन गर्न दिएको पत्र हैन, हामीले उत्खनन गर्दा, तीनुपर्ने मूल्याङ्क टिपोटमात्र हो, यसको भरमा उत्खनन गर्न सकिदैन।’

    सिरहाकै गोलबजार नपा २ का योगेन्द्र कुमार सिंहको नाममा पाँच हजार २८० रुपैयाँको अन्य शिर्षकको राजश्व तिरेको रसिद र त्यही प्राधिकले तयार पारेको कागजात देखाउँदै उत्खनन गरिरहेका छन्।

    यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले नगरपालिकाले कसैलाई माटो उत्खनन गर्ने इजाजत नदिएको बताए। प्रमुख प्रशासकिय अधिकृत बगालेले भने, ‘नगरपालिकाले कसैलाई उत्खननको अनुमति दिएको छैन, उनीहरुले बठ्याइँ गरेर त्यो कागज देखाएको हो, त्यो उत्खनन गर्ने अनुमति हैन।’

    उत्खनन भईरहेको धनगढीमाई नपा ८ का वडा अध्यक्ष रामभरोसी महतोले माटो उत्खनन गरिरहेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘कार्यपालिकाले खानी तथा उत्खनन गर्ने विषयमा वडासँगको सिफारिसमा दर्ता वा अनुदान दिने निर्णय भएको छ, तर अहिले उत्खनन भईरहेको विषयमा वडाले कसैलाई सिफारिस दिएको छैन।’

    त्यसैगरी धनगढीमाई नपा १३ पनि अन्धाधुन्ध ग्र्याभेल उत्खनन भएपनि जनप्रतिनिधी र प्रहरी प्रशासन मौन छन्। स्थानीय देवेन्द्र सिंहले जनप्रतिनिधी, प्रहरीकै आडमा जथाभावी उत्खनन भएको बताए। उनलेभने, ‘जनप्रतिधी, प्रहरी, पत्रकार सवैलाई पैसा जान्छ अनि कसरी रोकिन्छ धन्दा रोकिन्छ।’

    उत्खनन गरिएको माटो गोलबजार नगरपालिका वार्ड नम्वर ६ स्थित एविमलदेखि उत्तर जानेबाटो ढलान कार्यमा प्रयोग गर्न लगेको छ। यो बाटो ढलानको लागि आर्थिक वर्ष २०७९\८० को लागि श्रममूलक सार्वजनिक निर्माण कार्य (एलआईपीडब्यू) उप–योजना अन्तर्गत २० लाख रकम छुट्याएको छ।

    योजना स्थलमा समितिको नाम, योजना लागत र योजनाका विषयमा लेखिएको विवरण सहितको साइनबोर्ड राख्नुपर्ने व्यवस्था भएपनि राखिएको छैन। कामको जिम्मा भने स्थानीय सुनिल लामाले लिएको छ।

    विकास निर्माणको नाममा अन्धाधुन्ध उत्खनन भईरहेको कार्यलाई जनप्रतिनिधी र प्रहरीले बैधता दिईरहेका छन्।

    dhangadhi 016

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल