जलन पीडितलाई उपचारको लागि मिर्चैया नपाको सहयोग

    • माघ १२, २०७९
    • 245 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ माघ। घुरताप्ने क्रममा आगोले जलेकी सिरहा मिर्चैया नपाकी ४० वर्षिया सुमारी यादवलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। एक साता अघि घुरताप्ने क्रममा आगलागीबाट घाइते भई मिर्चैया अस्पतालमा उपचाररत न्यून आय भएका यादवलाई नगरपालिकाको सहयोगमा थप उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो।

    आर्थिक अभावका कारण विशेषज्ञसेवाबाट बञ्जित यादवलाई उपचारको लागि मिर्चैया नगरपालिकाले ५० हजार नगद, किर्तिपुर बर्न अस्पताल पुर्याउन निःशुल्क एम्वुलेन्स सेवा दिएको छ भने, मिर्चैया नगरपालि अन्तर्गत स्वास्थ्य शाखा प्रमुख विजय कुमार महतोले २५ हजार नगद सहयोग गरेको जनाएको छ।

    महतोले आफूले खाईपाई आएको तलवबाट निश्चित प्रतिशत रकम सामाजिक सुरक्षामा लगानी गर्दै आएको बताउँदै सोही अनुरुप सहयोग गरेको बताए।

    आगलागीबाट सख्त घाइते यादव आर्थिक अभावकाकारण ३/४ दिन पछिमात्र मिर्चैया अस्पताल आईपुगेका थिए। जलनको उपचारगर्ने पूर्ण व्यवस्था नभएपनि अस्पतालको बुत्ताले भ्याएको उपचार गरिरहेको अस्पतालका मेसु डा.सारीका गोइतले जानकारी दिए।

    उनले भने, ‘हामीसँग जलनको उपचार गर्ने सवै उपकरण सहित अन्य व्यवस्थापन छैन, विरामी आर्थिक अभावका कारण अन्यत्र जान नसक्ने भएकाले उपचार गरिरहेका थियौं।’
    आर्थिक अभावका कारण ३/४ दिन घरमै घरेलु उपचारमा रहेका यादव घाउ बढ्दै गएपछि अस्पताल ल्याएका थिए।
    यादवको गम्मरदेखी तल्लोभाग जलेर घाउ भएको छ। महगो उपचार विधि र आर्थिक अवस्था कमजोर रहेकाले परिवारले थप उपचारको लागि अन्यत्र लग्न सकिरहेको थिएन।

     

    गोलबजारमा ईंटा उद्यो ...

    सिरहा, १० चैत। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच ...

    आजबाट इस्लाम धर्मावल ...

    सिरहा, १० चैत। इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सु ...

    प्रतिस्पर्धी जनशक्ति ...

    काठमाडौं, ९ चैत। विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्प ...

    अलौको महायज्ञ पूजामा ...

    सूर्य वि.क. वीरगञ्ज, ९ चैत्र। गैर दलितहरुको अडान ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल