धनुषाका २ युवकको अपहरण पछि हत्या अभियोगमा ५ जना पक्राउ, २० लाखमा फिरौती ‘डिल’ भएको थियो

    • माघ ८, २०७९
    • ५८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ८ माघ। आफन्तलाई भेट्न भारतको सीतामढी जिल्लाको बेला परिहार गएका धनुषाका २ युवकको अपहरणपछि हत्या गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप–महानगरपालिका ८ निवासी २५ वर्षीय रोहित साह र १३ नम्बर वडा निवासी २२ वर्षीय विष्णु साहको हत्या पछि अपहरण गरेको अभियोगमा २ नेपाली सहित ५ जनालाई पक्राउ गरेको हो।

    उनीहरु दुवैजनाको शव दुई सातापछि भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको मैदानमा दुवै युवकको शव आइतबार बिहान फेला परेको हो।

    घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले नानकारी दिए। धनुषा प्रहरीले महोत्तरीको मनरा सिसवा नगरपालिका २ ईटहर्वाका २४ वर्षीय किसन कुमार पंडित र २४ वर्षीय मुकेश पासवानलाई पक्राउ गरेको छ। थप ३ जनालाई भने भारतीय प्रहरीले पक्राउ गरेको छ। उनीहरुको परिचय खुलाइएको छैन।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार दुवै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो।
    भारत गए लगत्तै सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको खबर आफन्तहरुले प्रहरीलाई दिएका थिए। अपहरणकारीले शुरुमा ५० लाख फिरौती रकम माग गरेको र पछि २० लाखसम्म बुझाउन आफन्त तयार भएको छानविनको क्रममा खुलेको छ।

    मृतकका आफ्न्त देवनारायण साहका अनुसार फिरौती रकम माग्न भारतीय नम्बरबाट फोन आएको थियो। आफन्तले अपहरणमा परेकाहरुसँग कुरा गराउन आग्रह गर्दा पनि नमानेको र पछि विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको पाइएको छ।

    त्यसपछि विष्णुको परिवारले फिरौती रकम जोहो गर्दै प्रहरी र नेता गुहारेका थिए।
    फिरौती रकम बुझाउने भनिएपछि अपहरणकारीले सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए। तर, बैंक बन्द भएका कारण पैसा झिक्न नपाउँदा एक दिन ढिलो हुन गएको परिवारका सदस्यहरुको प्रतिक्रिया छ।

    त्यसपछि अपहरणकारीको मोबाइल स्वीच अफ गरेर सम्पर्कबिहिन भएको मृतकका आफन्तहरुले बताए। मोवाइल स्वीच अफ भएकै ४ दिनपछि उनीहरुको शब फेला परेको हो।

    चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल