वीरगञ्जमा नेपथ्यको ऐतिहासिक कन्सर्ट, १८ वर्षपछि नेपथ्यसँगै झुम्यो वीरगञ्ज

    • मंसिर २०, २०७९
    • ३०७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    • सूर्य वि.क.

    वीरगञ्ज, २० मंसिर। नेपथ्यको प्रस्तुतीमा १८ वर्षपछि वीरगञ्ज र वीरगञ्जबासी मजासँग झुमे। वीरगञ्जस्थित आदर्शनगर रङगशाला मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टमा वीरगञ्ज र यहाँका बासीन्दा मजाले रमाएको हो।

    मानवता प्रवद्र्धनका साथै मानव सेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनार्थ आयोजित कन्सर्ट ऐतिहासिक रुपमा सफल भएको वीरगञ्जस्थित जीवनज्योती माविकी सञ्चालिका मिनाक्षी गुप्ताले बताइन्। उनले भनिन्, ‘वीरगञ्जमै अहिलेसम्मको सबैभन्दा राम्रो कन्सर्ट भयो।’ वीरगञ्जकै प्रभु अस्पतालकी सञ्चालिका एवम् बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाका अनुसार वीरगञ्जमा अहिलेसम्मकै सबैभन्दा शान्त र सभ्य रुपमा यो कन्सर्ट सम्पन्न भएको हो।

    333

    झकीझकाउ बत्तीले सजिएको आकर्षक स्टेज साँझ ६ बजेदेखि नै संगीतमय बनेको थियो। आदर्शनगनर रंगशालामा झण्डै पाँच हजार संगीत पारखी कन्सर्टमा सहभागी भएर नेपथ्यका प्रमुख गायक अमृत गुरुङ्गको गीतमा झुमेका थिए। यती धेरै दर्शकको सहभागिता रहेको वीरगञ्जको इतिहासमै पहिलो कन्सर्ट भएको मानवताका लागि संगीत कार्यक्रमका संयोजक गणेश प्रसाद लाठले बताए। मानवता प्रवद्र्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदरस्वरुप दर्शक उपस्थित भएको लाठको बुझाई छ।

    वीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय भएको कन्सर्टमा सहभागी चलचित्र पत्रकार संघ पर्साका उपाध्यक्ष विवेक कर्णले बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त सांगीतिक समूह वीरगञ्जमा आउनु पनि हाम्रो लागि गौरवको विषय हो।’

    ४ बजेदेखि कार्यक्रमस्थलमा दर्शकहरुले प्रवेश गर्ने अनुमति पाएका थिए । आधा घण्टामै रंगशाला भरिभराउ देखिएको थियो। कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोक/पप गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए।

    कन्सर्ट शुरु हुनुअघि आश्रमबाट उद्धार गरिएका व्यक्तिको बारेमा समेटिएर बनाइएको डकुमेन्ट्रीले दर्शकलाई भावुक बनाएको थियो । साँझ साढे ६ बजेदेखि ‘भेडाको ऊनजस्तो’ बोलको गीतबाट गुरुङ्ले प्रस्तुती शुरु गरेका थिए । त्यसलगत्तै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतमा वीरगञ्जवासीले भरपुर मनोरञ्जन लिए । गीतको बीचबीचमा गायक गुरुङले राष्ट्रिय भावनाले ओतप्रोत भावना तथा मानवसेवा आश्रमको उद्देश्यका बारेमा सन्देश बाँडेका थिए । मानवीय कार्यमा लाग्न आग्रह गर्दै उनले कसैको पनि मन नदुखाउन र मानवताको प्रवद्र्धन गर्न प्रतिबद्धता पनि गराएका थिए।

    अनि उहाँले व्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’, ‘गाउँगाउँबाट उठ’ गाएर दर्शकलाई थप जागरुक बनाए । जोगले हुन्छ भेट बोलको गीत गाएसँगै उनले स्वरसम्राट स्वर्गीय नारायण गोपालको ३२ औँ पुण्यतिथिमा उनको सांगीतिक योगदानको पनि स्मरण गरे।

    ‘मै नाचे छमछम’ बोलको गीतपछि शुरुदेखि दर्शकले प्रतिक्षा गरेको गीत ‘रेशम’ गाउँदा दर्शकहरुमा पनि छुट्टै ऊर्जा र जोश देखिन्थ्यो । ‘तालको पानी’ गीतमा पनि दर्शक खुब नाचे।

    देशभक्ती भावसहितको शरिर तताउने र रगत उमाल्ने ‘रातो र चन्द्रसूर्य’ प्रस्तुत गर्दा दर्शकले राष्ट्रिय झण्डासहित गुरुङ्लाई साथ दिएका थिए । साढे ६ बजे पहिलो गीत ‘भेडाको ऊनजस्तो’ मा देखिएको गुरुङ्को जोश ८ बजे अन्तिममा गाएको रातो र चन्द्र सूर्यसम्म पनि उस्तै देखिन्थ्यो । विशेष गरी भोजपुरी र हिन्दी भाषाका गायक एवम् कन्सर्टहरु रुचाउने यस क्षेत्रमा नेपाली भाषाका सांगितिक समूहको प्रस्तुतीमा यसरी रमाउने आशा विरलैले गरेका थिए । कन्सर्टमा महिला एवम् वृद्धवृद्धासहित अशक्तहरुका लागि छुट्टै व्यवस्था गरिएको थियो । साथै कडा रुपमा सुरक्षा परिचालन गर्दा पनि सभ्य र शान्तीपूर्वक कन्सर्ट सम्पन्न भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।

    मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

    ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापीरुपमा आयोजीत नेपथ्य लाइभ कन्सर्टअन्तरगत यो दोस्रो कार्यक्रम हो । यसअघि मंसिर १६ गते विराटनगरमा भव्य रुपमा कार्यक्रम सम्पन्न भइसकेको छ । अबको कार्यक्रम मंसिर २२ गते हेटौडाको भुटनदेवी चौरमा हुने आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। उनका अनुसार त्यसपछि मंसिर २५ गते चितवनमा र २९ गते नेपालगञ्ज रङ्गशालामा कन्सर्ट हुनेछ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

    मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय संस्था हो।

    हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ। हाल देशैभर गरेर झण्डै १ हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ आश्रमले काम गरीरहेको मानव सेवा आश्रमका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश संयोजक देवेश गुप्ताले बताए।

    birgunj nepathya nepathya birgunj

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल