सिरहा, ९ मंसिर। सिरहा क्षेत्र नम्वर ४ (२) लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धी पूर्व प्रदेश राज्य मन्त्री जनता समाजवादीका नेता सुरेश कुमार मण्डललाई ३६५ मतले पछिपार्दै निर्वाचित भएको हो।

निर्वाचित यादवले ९ हजार ७६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी मण्डलले ९ हजार ३९८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ।

जनमतका सुरेश कुमार यादवले ८ हजार ४५४ मत प्राप्त गरेको छ।

२०७४ को निर्वाचनमा मण्डल यहि क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीबाटै निर्वाचित भई राज्य मन्त्री समेत भएका थिए।