- एलिना हिङ्गंमाङ्ग चौधरी
लहान, १ मंसिर। यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशका ६ पालिका र प्रदेश नं.१ को उदयपुर जिल्लाको दुई वटा नगरपालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निार्वाचनमा खसेको मतहरु वदर नहोस भन्ने उदेश्यले आईएफएस नेपालको सहयोगमा समग्र विकास सेवा केन्द्रको आयोजनामा सिरहाको लहान नगरपालिका र कर्जन्हा नगरपालिका, सप्तरीको सुरुङ्गा, शम्भुनाथ नगरपालिका, धनुषाको जनकपुर उपमाहानगरपालिका र धनुषाधाम नगरपालिका र प्रदेश न. १ को त्रियुगा र चौदण्डी नगरपालिका गरि ८ वटा पालिकामा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो।
सवै कार्यक्रममा ४ जिल्लाका ८ पालिकाका १५ हजार ५ सय ५० घरधुरीका ६२ हजार २ सय जनसंख्यामा समावेश गरेर घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम संञ्चालन भएको समग्र विकास सेवा केन्द्रका कार्यकारी निर्देशक डा.प्रेमराज ढुंगेलले जानकारी थिए।
सोही अवधिमा २४ ठाउँमा नमुना मतदान कार्यक्रम गरेको छ। उक्त नमुना मतदान कार्यक्रममा ३ हजार दुई सयले मतदान गरेका थिए।
नमुना मतदानमा सहभागी एक बृद्धाले यो मतदाता शिक्षा र नमुना मतदानले आफूलाई मतदान गर्न सजिलो हुने बताए। नमुना मतदानमा स्थानीयहरुको बढी मात्रामा महिलाहरुको उल्लेख्य सहभागीता रहेको थियो।
कार्यक्रम मंसिर ४ गते प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य हुने निर्वाचनमा ४ वटा मतपत्रमा एउटा मतपत्रमा एक ठाउँमा मात्र मत सही तरीकाले लगाएमा मत सदर हुन्छ। प्रतिनिधी सभाको पहिलो हुने निर्वाचन प्रणालीको लागि रातो रंगमा निर्वाचन चिन्हमा कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संङ्कृेत गरी सोही रंगको मतपेटिकामा खसाल्नुपर्छ।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालिको लागि कालो रंगमा राजनैतिक दलको निर्वाचन चिन्हमा मत संङ्केत गरि सोही रंगको मतपेटिकामा खसाल्नुपर्दछ। प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रंगको निर्वाचन चिन्हमा कुनै एक उमेदवारको निर्वाचन चिन्हमा मत संङ्केत गरी सोही रंगको मतपेटिकामा खसाल्नुपर्दछ।
प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीको लागि कालो रंगमा निर्वाचन चिन्हमा राजनैतिक दलको निर्वाचन चिन्हमा मत संङ्केत गरी सोही रंगको मतपेटिकामा खसाल्नु पर्दछ। मतदान गर्न जादा के लिएर जाने के के कुरामा ध्यान दिने भन्ने विषयमा समेत जानकारी गराउदै नमुना मतदान केन्द्र वनाएर कार्यक्रम गरेको समग्र विकास सेवा केन्द्रका संयोजक अरुण कुमार चौधरीले बताए। कार्यक्रम स्थानिय निकायको सहयोगमा सम्पन्न गरिएको र सुरक्षा निकायले पनि पूर्ण रुपमा सहयोग गरेको थिया।