सिरहा, ३० कात्तिक। सिरहाको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा निवार्चनमा दुवै गठवन्धनविच कडा प्रतिस्पार्धा हुने देखिएको छ। प्रदेश ‘क’ मा सता गठबन्धनबाट नेकपा (माओवादी केन्दै) का युवानेता जिवछ यादब र एमाले जसपा गठवन्धनको तर्फबाट वर्तमान कृषि मन्त्रि तथा जनता समाजवादी पार्टीका नेता विजय यादब विच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
‘ख’ मा पनि सत्ता गठबन्धनको उम्मेदवार वर्तमान प्रदेश सांसद मदनसेन श्रीवास्तव र एमाले जसपा गठबन्धनबाट पुर्व मन्त्रि सत्रुधन प्रसाद सिंहविच कडा प्रतिस्पर्धा देखिन्छ।

प्रदेश ‘क’ मा पछिल्लो समय डा. सिके राउत नेतृत्वको जनमत पार्टीलेपनि आफ्नो राम्रो उपस्थिति देखाएको छ। उनको उम्मेदवारले पनि राम्रोमत ल्याउने आशा गरेको छ। यहिक्षेत्रबाट पूर्व विनाविभागीय मन्त्री राजलाल यादव हाम्रो नेपाली पार्टी बाट उम्मेदवारी दिएका छन्।

जनमत र हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुले जसपाकै मत तान्ने स्थानीय बुद्धिजीवहरुको मत छ। जसका कारण यो पटक विजय यादवलाई पुनः दोहरीन सकस हुने आकलन गरिएको छ।

त्यसका साथै सत्तामा निर्वाचित भएर निरन्तर सत्तामा रहँदा उनले गरेका विवादीत विकास निर्माणका कामहरुले पनि मन्त्री यादवलाई कमजोर तुल्याएको उनका पार्टीका कार्यकताहरु नै बताउँछन्। असन्तुष्ट मत अन्यत्र जाने देखिन्छ।

२०७४ को निर्वाचनमा यादवको निकटतम प्रतिद्वन्द्वी समेत रहेका नेकपा माओवादीका उम्मेदवार जीवछ यादव गठवन्धन र विपक्षीको असन्तुष्टमतबाट आफ्नो जित सुनिश्चित हुने बताउँछन्। उनले सधैं जनताको साथमा रहेर काम गरिरहेकाले यो पटक जनताले आफूलाई जिताउनेमा आशावादी रहेको बताएको छ।

प्रदेश ‘ख’ मा भने सत्रुधनप्रसाद महतो मनोनयनकै दिन जसपा परित्यागगरी नेकपा एमाले प्रवेश गरेर उम्मेदवारी दिएकाले पनि सत्ता गठबन्धनका उम्मेदवार मदन सेनलाइ सहज भएको अनुमान गरिएको छ। गठवन्धनमै रहेका पार्टीका नेतालाई एमालेले पार्टी प्रवेश गराएकाले जसपा–एमाले दुवैको मत ‘ट्रान्सफर’ हुनेमा आशंका देखिन्छ।

आफ्नै पार्टीभित्रको आकाक्षिलाई पन्छाएर नवप्रवेशीलाई टिकट दिएका कारण एमालेभित्रै ठूलो असन्तुष्टि रहेको पाार्टीकै नेता कार्यकर्ताहरु बताउँछन्। जसपाका नेताहरुपनि आफ्नै पार्टी परित्यागगरेकोमा सन्तुष्ट छैन्। यसक्षेत्रका नेकपा एमालेका कार्यकर्ताले आफ्नो पार्टीको उम्मेदवार नै नभएको महसुस भईरहेको बताउँछन्।

जनमत र हाम्रो नेपाली पार्टीको उम्मेदवारीले पनि सिंहलाई असहज बनाएको छ। सिंहले आफ्नो ‘वेस लाईन’ मान्दै आएको जातिय मत पनि हाम्रो नेपाली पार्टीका उम्मेदवारले प्रभावित पार्ने अनुमान हुन थालेको छ।
गठवन्धन भएपनि प्रतिनिधीसभा र प्रदेश ‘क’ मा जसपा र प्रदेश ‘ख’ मा नवप्रवेसी जसपाबाटै आएका नवप्रवेशी भएकाले एमाले कार्यकर्ताले यो निर्वाचनमा आफ्नो उपस्थिति नभएको महसुस गरेको हो।
क्षेत्र नम्बर २ मा पर्ने धनगढीमाइ नपाको १२ वटा वडा , सुखिपुर नपाका १० वटै वडा ,लक्ष्मिपुर पतारी गाँपिाको ४ वटा,अर्नामा गाँपाको २ वटा , बरियारपट्टी गाापको सवै,नवराजपुर गाँपाको सवै र औरही गाँपाको ५ वटै वडाहरु पर्दछन्। स्थानीय तहको निर्वाचनमा वडाहरुले प्राप्तगरेको मतलाई आधार मान्ने हो भने सत्ता गठवन्धनका उम्मेद्वारहरुको पल्ला भारी छ।
स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा सतागठबन्धनको जम्मा मत ३२ हजार ७ सय ४४ रहेका छन् ,भन्ने इतर गठबन्धनको मत ३२ हजार ३ सय ३८ प्रपाप्त गरेका थिए । नगरपालिका तथा गाँउपालिकाको वडाकै मत लाई अधार मान्ने हो भनेपनि करिव ४ सय भन्दा बढिमतले सतागठबन्धन अगाडि रहेको देखिन्छ।

प्रतिनिधीसभामा यसक्षेत्रबाट सत्ता गठवन्धनबाट पूर्व मन्त्री तथा नेपाली काँग्रसकी नेतृ चित्रलेखा यादवको उम्मेदवारी दिएको छ। प्रतिपक्षी गठबन्धनबा राजकिशोर यादवले उम्मेदवारी दिएका छन्। दुवै वीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ।
यसक्षेत्रमा पूरुष ५७ हजार ९८८ र महिला ४९ हजार ४७५ जगरी जम्मा एकलाख ७ हजार ४६५ मतदाता रहेका छन्। ५२ मतदान स्थल र १३० केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

सिरहा क्षेत्रको २ को प्रदेश ‘क’ बाट ६ जना पार्टीका सहित १४ जना उम्मेदवारी दिएका छन्। त्यसैगरी, यहिक्षेत्रको प्रदेश ‘ख’ मा ६ जना पार्टीका सहित १५ जना उम्मेदवार छन्।

ab mall