सिरहा, २८ कात्तिक। नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेको घोषणा गरेको छ। पर्टीले केन्द्रिय कमिटीको निर्याय विपरित घार दक्षिणपन्थि र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठवन्धन गरेको भन्दै आज सिरहको गोलबजारमा पत्रकार सम्मेदलनगरी पार्टी सदस्यतासमेत नरहेको घोषणा गरेको हो।
ठकले प्रतिनिधी तथा प्रदेशसभामा कुनैपनि दलसँग गठवन्धन नगरर्ने निर्णय केही नेताहरुको व्यक्तित स्वार्थ पूर्तीगर्न पार्टी निर्णय विरुद्ध आफ्नै पार्टीविरुद्ध नाकावन्दि गर्ने र दक्षिपन्थी दलसँगको गठवन्धन जनता र देशविरोधी रहेको रामले बताए।
पार्टीका जनवर्गिय संगठन जातिय मुक्ति समाजका केन्द्रिय सजिव समेत रहेका रामले भने, ‘नाका बन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवी बनाएका पार्टी अध्यक्ष केपी ओलीलृ उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साटगाँठ गरेर आफ्नो वास्तवित चरित्र देखाएको छ।’
उनले पार्टीको सम्पूर्ण शाख नै ध्वस्त पार्नेगरी गणतन्त्र विरोधी, राजसंस्था स्थापना, हिन्दु राष्ट्रकोमाँग साठगाठगरेर एमालेले जनविरोधी र पपरिवर्तन विरोधीकाम गरेको बताए। सोही क्रममा उनले कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनावचिन्ह सूर्यमा उम्मेदवारी गराउनुले झन पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडी बढेको हुँद यो पार्टीमा वसिरहनुको अर्थ नरहेको बताए।
जिल्ला देखि केन्द्र सम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपार्टीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामले आरोप लगाए। नउले भने, ‘बैठकहरुमा कुनै प्रस्ताव मागिन्छ, नत त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराईन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपार्टी छ। यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन।
उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरीरहेको छ, जसका कारण धेरै इमान्दार तेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसकैबेला विद्रोह हुन सक्छ।’
उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु ल्गाउन सक्छ, त्यसको म सधै जमेर प्रतिवाध गर्न तयार छु।’
उनले तत्काल आफू कुनै राजनीतिक दलमा जाने अवस्था नरहेको पनि बताए। उनले अहिले आफू पार्टीहरुलाई अध्ययन गरिरहेको बताउँदै वृहत कम्यूनिष्ट एकीकरणको आवश्यकता रहेको भन्दै त्यस्तो अवस्था आए आफूले उचित पार्टी राज्ने बताए।