सिरहा, १ भाद्र। विपन्न दलितहरुको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्य सहित दलित जनकल्याण यूवा क्लव लहानले आठ समूहलाई विद्युतिय रिक्सा र हात्ते ट्याक्टर हस्तान्तरण गरेका छन्। क्लवले जिल्लाका विभिन्न ठाउँमा रहेका महिला समूहरुलाई आर्थिक उपार्जन र खेतिपाती गर्न सहज होस् भन्ने उदेश्य सहित ३ वटा समूहलाई हात्ते ट्याक्टर र ५ वटा समूहलाई विद्युतिय रिक्सा हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै धनगढीमाई नगरपालिका प्रमुख शिवशंकर महतोले तराईका अति विपन्न वर्गमा रहेका मूसहर समुदायलाई विद्युतिय रिक्सा र हात्ते ट्याक्टर हस्तान्तरणले आय आर्जनमा वृद्धिहुने बताए। यो उपकरण हस्तालन्तरणले विपन्न समुदायले आयआर्जन गरी जीवन यापन सहज बनाउन मदत गर्ने मेयर महतोले बताए।
उनले सवै मिलेर काम गरे चाडै विपन्न तथा दलित समूदायको जीवनस्तरमा सुधारल्याउन सकिने बताए। सोही क्रममा मेयर महतोले संस्थाले गरेको काममा सरहाना समेत गरे।
धनगढीमाई नपा १२ का दुर्गा महिला छलफल समूका अध्यक्ष माना सदायले विद्युतिय रिक्सा पाएकोमा खुसी व्यक्त गरे। उनले अव रिक्सालाई राम्रोसँग चलाएर समूहको आयआर्जन बढाउने बताए। अध्यक्ष सदायले यसबाट भएको कमाईलाई उचित परिचालन गरी समूहलाई आर्थिक आत्मनिर्भर बनाउने कोसिस गर्ने सुनाए।
संस्थाले लहान र धनगढीमाईका आठ वटा महिला समूहहरुलाई ३ वटा पावर टिलर र ५ वटा इ–रिक्सा हस्तान्तरण गरेका छन्।
धनगढीमाई नपा ११ का हरियाली महिला समूलाई पावर टिलर, भवानी महिला समूह धनगढीमाई नपालाइ ९ र दुर्गा महिला छलफल समूह धगढीमाईन १२ लाई विद्युतिय रिक्सा प्रदान गरिएको छ।
लहान नपा १४ का उन्नती महिला समूह, मिथला महिला समूह र मिथिला महिला समूह लहान २४, लहान १२ का भगवती महिला समूहलाई विद्युतिय रिक्सा प्रदान गरिएको छ।
त्यसैगरी, लहान १३ का जानकारी महिला समूह र सवरी महिला समूह लहान २२ लाई हात्ते ट्याक्टर प्रदान गरीएको छ।
लहानमा मेयर महेश चौधरीले सवारी साधन हस्तान्तरण गरेका थिए।
संस्थाका अध्यक्ष उमेश कुमार विसुन्केले एक्सन एण्डसँगको साझेदारीमा तराईका अति विपनन समूदायका सदायहरुको समूलाई आर्थिक आत्मनिर्भर बनाउने उद्देश्यले सवारी साधन प्रदान गरिएको जनाए।
सोही क्रममा संस्थाका कार्यकारी निर्देशक विनोद विसुन्केले प्रत्यक समूले छनोट गएका एकजनालाई सवारी साधन चलाउने तालिम समेत दिईएको बताए। तराईका सवैभन्दा पिदमा परेका यो समूदायले अरुको जमिन अधिया बटैयामा गर्ने भएकाले उनीहरुलाई खेतिपाती गर्न सहज होस भनेर यो साधन दिइएको बताए।
हस्तान्तरण कार्यक्रममा धनगढीमाई नपा ९ का वडा अध्यक्ष प्रकाश योञ्जन र १२ का वडा अध्यक्ष अशोक श्रेष्ठको उपस्थिति रहेको थियो।