मधेस प्रदेशमा विद्युत चुहावट घट्दै

    • श्रावण २४, २०७९
    • ४४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २४ साउन। मधेस प्रदेशमा आर्थिक बर्ष २०७८/०७९ मा २ दशमलव ६९ प्रतिशत बिद्युत चुहावट घटेको छ। बिद्युत चुहाबट नियन्त्रण अभियान अन्तर्गत हुकिङ्ग नियन्त्रण, ग्राहकहरुको बिलिङ्गमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र बिद्युत रिडिङ्गमा सुधार लगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर बिद्युत चुहावट घट्दै गएको हो।

    2 copy

    मधेस प्रदेशमा गत आर्थिक बर्ष २०७७/०७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत चुहावट हुँदै आएकोमा आर्थिक बर्ष २०७८/०७९ मा १४ दशमलव १७ प्रतशतमा चुहावट झरेको बिद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।

    आर्थिक २०७८/०७९ मा सबै भन्दा बढी सिमरौनगढ वितरण केन्द्रले नौ प्रतिशत, सिरहाको लिहान बितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ/आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले चार प्रतिशत विद्युत चुहाबट नियन्त्रण गरेको बिद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई. मुनिन्द्र ठाकुरले जानकारी दिए।

    प्रमुख ई. ठाकुरका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव, ४ प्रतिशतमा, लहान वितरण केन्द्रले आर्थिक बर्ष २०७८/०७९ मा ३३ प्रतिशतबाट २५ प्रतिशतमा, यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले सात दशमवल छ प्रतिशतबाट चार दशमलव ८० प्रतिशतमा विद्युत चुहावट झारेको छ।

    1 copy

    बिद्युत चुहाबटको दृष्टिकोणले सबै भन्दा बढी सर्लाहीको मलंगवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत चुहावट हुँदै आएको बिद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।

    औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट भने शुन्य दशमलव ०.३२ प्रतिशत रहेको जनाएको छ ।
    आर्थिक बर्ष २०७८/०७९ मा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार ९६७ ग्राहकमाथि कार्वाही गर्दा रु. छ करोड ६४ लाख ३२ हजार ८५८ महसूल सङ्कलन भएको छ।

    चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ्ग गर्ने दुई हजार ७९० जनालाई पक्राउ गरी कार्वाही गरिएको जनाएको छ।

    यस्तै मधेस प्रदेशमा लामो समयदेखि बिद्युत महसुल नतिर्ने २६ हजार ५५३ जना ग्राहकको बिद्युत लाईन काटिदाँ २१ हजार ४८८ ग्राहकले पुनः विद्युत जडान गराएको र त्यसबाट रु। ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असूली भएको छ। बिद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रबृति बढ्ेकाले बिद्युत लाईन कट्टा गर्ने अभियान चलाएको प्रमुुख ई. ठाकुरको भनाई छ।

    3 copy

    महसूल सङ्कलनको हिसाबले आर्थिक बर्ष २०७८/०७९ मा मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलंगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत महसूल सङ्कलन गर्न सफल भएको बिद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।

    आर्थिक बर्ष २०७८/०७९ मा मधेस प्रदेशमा एक अर्ब ९१ करोड युनिट अर्थात र। १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत बिक्री हुदाँ रु। १५ अर्ब ७७ करोड महसूल सङ्कलन भएको प्रमुख ई। ठाकुरको कथन छ।

    मधेस प्रदेशमा विद्युतका नौ लाख ८३ हजार २३ ग्राहक मध्ये ५९ प्रतिशत औधोगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेको जनाएको छ। मधेस प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत सेवा पुगिसकेको छ भने बाँकी रहेको स्थानमा पनि विद्युत जडानको काम भईरहेको प्रमुख ई। ठाकुरले बताए।

    IMG-20220803-WA0002_1659535725

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल