भोजपुरी भाषा तथा साहित्य विकासमा प्रदेश सरकार सम्वेदशिल छः मूख्यमन्त्री राउत

    • श्रावण २१, २०७९
    • ३३४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २१ साउन। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले साहित्य कुरिती, कुसंस्कार एवम् अनियमिततालाई जस्ताको त्यस्तै समाजलाई देखाउन सक्ने ‘ऐना’ भएको बताएका छन्।

    mount school 333

    भोजपुरी साहित्यकार दिनेश गुप्ताद्वारा लिखित भोजपुरी गजल संग्रह ‘सुतल अब ठीक नइखे’ र भोजपुरी हाइकु संग्रह ‘हिरोशिमा’ को विमोचन समारोहलाई सम्वोधन गर्दै मूख्यमन्त्री राउतले समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका रहँदै आएको बताएका हुन्।

    उनले भने, ‘साहित्य समाजको दर्पण हो, यसबाट आम नागरिक पनि जागरुक हुने गर्दछन्। भौतिक सुख शयलसँगै मानिसलाई साहित्य, संगीतले आत्मिय सुख प्रदान गर्दछ।’

    समाजको यथार्थलाई चित्रण गरेर परिवर्तनका लागि कलम चलाउन आग्रह गर्दै उनले भोजपुरी भाषाको संरक्षणका लागि यही आर्थिक वर्षदेखि प्रदेश सरकारले एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने पनि उद्घोष गरेका छन्। मुख्यमन्त्री राउतले भाषाको विकस र संरक्षणप्रति सरकार सम्वेदनशिल रहेको बताए।

    यता भोजपुरी भाषामाथि मिथिला भाषा हाबी हुँदै गएको भन्दै वीरगञ्ज महानगर पालिकाका मेयर राजेशमान सिंहले चिन्ता व्यक्त गरेका छन्। भोजपुरी भाषाको संरक्षण एवम् संवद्र्धनका लागि थुप्रै संघ संस्थाहरु भएपनि सन्तोषजनक काम गर्न नसकेको मेयर सिंहको भनाई छ। वीरगञ्ज महानगरपालिका भोजपुरी भाषा र संस्कृतिको संरक्षण एवम् संवद्र्धनका लागि सँधै तत्पर रहेको बताउँदै उनले साहित्यको जगेर्ना गर्नुपर्नेमा जोड दिए।

    3 copy

    पुस्तक बिमोचन कार्यक्रमलाई साहित्यकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, भोजपुरी प्रतिष्ठान वीरगञ्जका अध्यक्ष उमाशंकर द्विवेदी, प्राध्यापक डा. दीपक शाक्य, डा. बिशम्बर शर्मा लगायतले सम्बोधन गर्दै भोजपुरी भाषा र साहित्यको प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए।

    गोरखापत्रका भोजपुरी भाषा संयोजकसमेत रहेका पुस्तकका लेखक दिनेश गुप्ताले भोजपुरी भाषामार्फत समाजलाई सचेत बनाउने र भाषाको संरक्षण गर्ने प्रयत्न गरेको बताए।

    नेपाल भोजपुरी समाज वीरगञ्जका अध्यक्ष ध्रुबसिंह ठकुरीको अध्यक्षतामा भएको पुस्तक बिमोचन कार्यक्रमको सहजीरण नेपाल भोजपुरी समाजकी सदस्य सलमा खातुनले गरेकी थिइन्।

    jamdaha mabi

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल