जनकपुर, ३१ असार। मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सबारी साधन प्रदान गरेको छ।
मधेस प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच गहृ तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सबारी साधन हस्तान्तरण गरेका हुन्।
गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरी, इलाका प्रहरी कार्यालय सिमरा बारा र प्रहरी चौकी सम्सी महोत्तरीलाई चार पङग्र्रे सबारी साधन हस्तान्तरण गरिएको छ।
यस्तै प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी ट्राफिक कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय महोत्तरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय गोलबजार सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया सिरहा, इलाका प्रहरी कार्यालय कडरबोना सप्तरी, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी लगायत ३८ प्रहरी कार्यालयलाई मोटरसाईलल हस्तान्तरण गरिएको सचिव महतोले बताए। यस्तै सुरक्षा निकायहरुलाई विपद्को समयमा सूचना दिन बैण्ड बाजा लगायतका उद्धार सामग्री समेत हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायलाई सबारी सधान हस्तान्तरण गर्नुहुँदै मन्त्री साहले नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई साधनबाट सम्पन्न बनाउन प्रदेश सरकार लागि परेको बताए।
सुरक्षा निकायसँग श्रोत साधन नहुदाँ जनता शान्ति सुरक्षा प्रदान गर्न कठिनाई भईरहेकाले प्रदेश सरकार सबारी साधनहरु उपलब्ध गराएको बताउनुहुँदै मन्त्री साहले आगामी दिनमा पनि सुरक्षा निकायलाई सबारी सधानहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। सबारी साधन उपलब्ध भएपछि नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीलाई काम गर्न सहज हुने उहाँले विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर लगायतको उपस्थिति रहेको थियो।