सिरहा, ६ असार। जिल्ला समन्वय समिति सिरहाको आज सम्पन्न निर्वाचनबाट नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छन्। समन्वय समितिको प्रमुनमा जसपाका दिनेश कुमार महतो र नेकपा एमालेका तर्फबाट उपप्रमुखमा दिलिप लामा विजयी भएका हुन्।

srijana school

समन्वय समितिका प्रमुख महतोले २६ र उपप्रमुख लामाले २५ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए। उनले सदस्यहरुका पनि यहि हाराहारीमा मत आएको बताए।

प्रमुख पदका निकटतम प्रतिस्पर्धि नेकपा मनोज कुमार गुप्ता र उपप्रमुखका उममेदवार नेकपा समाजवादीका राजेश्वर कुमार यादवले ७/७ मत प्राप्त गरेका छन्।

सदस्यहरुमा गिता कुमारी पासवान, सोना वत्ति कुमारी महरा जानकि कुमारी यादव, सोभा कुमारी यादव, सुरेश यादव, गिता पासमान, सोना बति महरा, सुर्यनाथ यादव, रबिन्द्र कुमार महतो विजयी भएका छन्।

जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका १५ जनता, समाजवादी पार्टिको १०, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको २ र नेकपा एस १ सहित ३४ जना मतदाता रहेको छ।

288412797_988414638495808_4800369290229912610_n