सप्तरी, २३ जेष्ठ। सप्तरीमा ट्रकको ठक्करबाट सोमबार बेलुकी एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ खरचुहियामा स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्करदिंदा स्कूटरमा सवार सुरुङा ३ का ६४ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृत्यु हुने चौधरी नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य हुन । उनी स्थानीय तह चुनावमा सुरुङा नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।

GBR BHUMI 1