फाईल फोटो।
काठमाडौं, २३ जेष्ठ। सरकारले आईतबारे विदा हटाउने निर्णय गरेको छ । सातामा दुई दिन बिदा दिने निर्णय गरेको एक महिना नवित्दै सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो।
सरकारले असार १ गतेबाट लागू हुने गरी आइतबारको फिर्ता लिएको वैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेष्ठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्न नरोकीएकोले इन्धन खपत कम हुन नसकेको भन्दै आलोचना हुँने गरेको छ।