काठमाडौं, १८ जेष्ठ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो।
आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि हुनेछ। विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माँग राख्दै आएका थिए।
अब एमबीबीएस, बीडीएस, बीएनएसलगायतका चिकित्सा शिक्षाका स्नातक तहमा नयाँ भर्नाका विद्यार्थीले नयाँ भर्ना शुुल्क तिर्नुपर्नेछ।