सिरहा, १६ जेष्ठ। सिरहामा एक महिला घरायसी विवादका कारण निर्घात कुटिएकी छिन्। घर अगाढी रहेको फूटेको प्लास्टिक मुढा बाटोमा फालेको निहुँमा भएको विवादले उग्ररुप लिएपछि जिल्लाको गोलबजार नपा १३ सिमराका ४५ वर्षिय कुमारी रेखा सिंह आफ्नै छिमेकी करिव ३० वर्षिय दिपेन्द्र सिंहबाट सोमबार विहान कुटिएकी हुन्।

रेखाले घर अगाडी आगनमा अरु कसैले राखेको प्लास्टिकको फुटेको मुढा सडकमा फालेकै विषयलाई अनावश्यक निहँुखोज्दै घरै पसेर कुटपीट गरेको आरोप लगाएको छ। उनले मैले फालिसकेको प्लास्टिक ल्याएर मेरै आगनमा राखेर गाली व्यईजती गर्दै कुटपीट समेत गरेको जनाए।

कुटपीटबाट घाइते भएका सिंहको गोलबजारस्थित लङ्गलाईफ हेल्थ केयर सेन्टरमा उपचार भईरहेको उनको श्रमिान बीक्रमादित्य महतोले जानकारी दिए। महिलाको हात, पेट र छातीमा चोट लागेको जनाएको छ। उनका अवस्था सामान्य रहेको छ।

दिपेन्द्र सिंहले भने आफूसँग सामान्य विवादमात्र भएको जनाए। उनले आफूले कसैमाथि कुटपीट नगरेको जिकिर गरे। उनले बरु मलाई नै ती महिलाले कुटेको आरोप लागाए। उनी गोलबजार नगरपालिका अन्तर्गत दुर्गापुर स्वास्थ्य चौकी, गोलबजार नपा १३ मा कार्यरत स्वास्थ्यकर्मी (अहेव) हुन्।