काठमाडौं, १५ जेष्ठ। पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतवार बिहान उडेको केही मिनेटमै बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य स्थगित भएको छ।
'आज दिनभर खोजी गर्दा पनि तारा एयरको बेपत्ता जहाज भेटिएन। दुर्गम क्षेत्र भएकाले समस्या भयो। मौसमको खराबी र साँझ पनि परेकाले खोजी आजलाई रोकिएको छ', उनले भने, 'जहाज खोजी कार्यलाई सोमबार बिहानैदेखि स्थलगत र हवाईमार्गबाट पनि जारी राख्ने छौँ। उद्धार तथा खोजी टोली अहिले जोमसोममा स्टान्डबाइ छ।'
ताराको नाइन एन एईटी कलसाइनको यो जहाज पोखराबाट समिट एयरको अर्को जहाजभन्दा केही बेरपछि उडेको थियो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले चालक घिमिरेको मोबाइल फोनले घरिघरि टावर टिपिरहेको बताएका थिए। तर त्यो लोकेशनमा पनि उद्धार टोली पुग्न सकेन।
पोखराबाट ९ : ५५ मा उडेको विमान थासाङ पालिकामाथिको आकाशमा आइपुग्दा १० :१५ भएको थियो।
नेपाल नागरिक उड्ययन प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ : ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको जहाज अन्तिम पटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको थियो। नेपालखवरबाट।