सुरेश राय
सिरहा, १४ जेष्ठ। सिरहाको माडर सुक्चैनाबाट जन्तीलिएर गोलबजार नपा १० आईरहेको अवस्थामा स्कारपीओ पल्टेको ट्याकटर टोलीमा ठोकिदा ७ जना घाइते भएका छन्। घाईते मध्येय दुईजनाको अवस्पथा गम्भिर रहेको छ।
चोहर्वा–सिरहा सडक अन्तर्गत नरहा गापा २ वलुवानजिक पल्टिएरको ट्याक्टरको टोलिमा बि.आर.३२ पीए ८५५५ नम्वरको स्कारपीओ ठोकिदाँ त्यसका सवार ७ जना घाइते भएका हुन्।
सिरहा नपा १७ का ३० वर्षिय सरिता कर्ण र २८ वर्षिय रुना यदबको टाउकोमा गम्भिर चोट लागेको छ। दुबै जनलाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ। ५ जनाको उपचार गोलबजारमा रहेको लाइफ लोङ्ग हेल्थ केयरकामा भैराखेको बताए।
स्कारपीओका चालक प्रहरी नियन्त्रणमा लिएको छ।