सर्लाही, १३ जेष्ठ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्णगरी २० वर्ष पछि छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहण गर्दै आजको पहिलो निर्णय अध्यक्ष महतोले गाउँपालिकामा रहेको छोरीहरुले कम्तिमा १२ कक्षा पास र २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।
गाउँपालिकामा प्रत्येक वर्ष ५० प्रतिशतभ भन्दा बढी हुने बालबिवाह, २० प्रतिशत भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए।
यो निर्णयले छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमि आउने उनले विश्वास सहित आफूले पहिलो निर्णय लिएको बताए।