काठमाडौं, १९ वैशाख। मकमानपुरमा तराई द्रुतमार्ग निर्माण कार्यमा प्रयोग भएको डोजर दुर्घटना हुँदा तीन मजदुरको मृत्यु भएको छ। मकवानपुरको मकवानपुर गढी १ घट्टे पाखामा निर्माण हुँदै गरेको द्रुतमार्गको माटो सम्याउने क्रममा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

दुर्घटनामा ३ जनको मृत्यु भएको र थप तीन जना घाइते भएको मकमानपुर प्रहरीले जनाएको छ। घाइते हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरु मजदुरहरु भएप्नि उनीहरुको पहिचान खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरु द्रुतमार्ग निर्माणमा खटिएका मजदुर हुन्।

278938509_2028786777327579_1668318783671168787_n 1