सिरहा, १८ वैशाख। जिल्ला प्रशासन कर्यालय सिरहाले यहि वैशाख ३० गतेहुने स्थानीयतह निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउन मतदानभन्दा ३ दिन पहिला देखि मदिरा बेच विखनमा रोक लगाउने भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरति बनाउन होटल, रोष्टुरेन्ट तथा मदिरा मसलहरुमा ३ दिनअधिदेखि मदिरा बेचविखन रोक्न सूचना जारी गरेको हो।
सूचनामा जिल्लाका राजनीतिक दल, नागरिक समाज र सरोकारबालाहरुसँग चुनाव व्यस्थित बनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कर्यालयद्वारा जारी सूचनामा चुनाव अवधिभर होटल, रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र संचालन गर्न, होटलमा बसबस्न आउने विशी पर्यटक र निजी घरमाबास बस्न आउने पर्यटन तथा पाहुनाको परिचय खुल्ने अभिलेख राख्न र नजिकको प्रहरी चौकीमा जानकारी गराउन, चुनाव प्रचारमा डिजे बजाउन नबजाउन र निर्वाचन प्रचार प्रशारमा सदेशमा दर्ता भएका गाडी प्रयोगलाई पूर्णतः निशेध गरिने उल्लेख गरेको छ।
सूचनमा माथि उल्लेखित कार्यहरु पालना गरी शान्तिपूर्ण रुपमा स्थानीय तह र्विाचन सम्पन्न गर्न सहयोग पुर्याउने अपेक्षा गरेको उल्लेख गरेको छ। पलना नगरेको अवस्थामा कानून बमोजिम कार्वाह ीगर्ने सूचनामा उल्लेख गरेको छ।
चुनाव प्रचारमा विदेशी गाडीको प्रयोगमा रोक लगाउने भनेपनि जिल्लाका धेरै उम्मेदवारहरुले भारतीय नम्वरका गाडी प्रयोग गरिरहेका छन्। उनीहरुले चुनावका बेला नेपाली गाडीले नधानन्ने भन्दै भारतीय सवारी साधन ल्याउन बाध्ये भएको बताउँछन्।