जनकपुर, १७ वैशाख। निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा प्रहरीले हटाइएको छ ।

siraha pawlik 1

मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले प्रहरीसँग समन्वय गरेर ढल्केबरस्थित शहीद पार्कको चारैतिर झुण्ड्याइएको विभिन्न राजनीतिक दलका झण्डा हटाइएको हो ।

निर्वाचन आचारसंहित विपरित सार्वजनिक स्थानमा झण्डाहरु झुड्याएकाले सफा गरेको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । उनले सशस्त्र, जनपद र म्यादी प्रहरीसँग समन्वय गरेर सो झण्डाहरु हटाइएको बताए। निर्वाचन अधिकृत धितालले विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आचारसंहिताले तोकेको बताए ।

उनले निर्वाचन आचारसंहिता विपरित कहीँ कतै त्यस्ता झण्डा राखिएको छ भने त्यो पनि व्यवस्थापन गरिने जनाए।

उनले दलहरुले निर्वाचन आयोगले जारी गरेका सवैखालका आचारसंहिता उल्लङ्घनका विषयलाई आफूहरुले नियालि रहेको बताए।

pk-farnichar