सिरहा, १८ असार। सिरहाको गोलबजार ८ स्थित जनता नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा मधेश प्रदेश स्तरीय पुरुष रग्बी प्रतियोगिता सुरुभएको छ। मधेश खेलकुद परिषद्को आयोजनामा विहिवारबाट प्रतियोता सुरु भएको भएको हो। 

79658668-33eb-4442-81d9-8c32cb7db9d7

प्रतियोगितामा प्रदेशका सप्तरी, सिरहा, धनुषा, सर्लाही, बारासहित ६ जिल्लाका खेलाडीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ। 

प्रतियोतिा भोली शुक्रवारसम्म चल्ने मधेश खेलकुद परिषद्का सदस्य निशेष श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलकुद विकास समिति सिरहा अध्यक्ष श्रवण हमालले खेलाडीहरुलाई अनुशाशित भएर खेल्न अनुरोध गर्दै सवैलाई सफलताको शुभकामना दिए। उनले नेपालका लागि नयाँ खेलभएकाले सवै खेलाडीहरुले अनुशासीत भएर आफ्नो कला प्रदर्शन गर्न अनुरोध गरे। 

प्रतियोगिता उद्घाटनमा मधेश प्रदेशका खेलकुद परिषद्का पदाधिकारि तथा कर्मचारिहरु, मधेश प्रदेशका आठै जिल्लाका खेलकुद विकास समिति पदाधीकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

shreejana+12 2083