सिरहा, १९ असार। सिरहामा आगुऔध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। नवराजपुर गाउँपालिका ४ मा लागूऔषध कारोबारी र प्रहरीबीच शुक्रवार अपरान्ह भएको गोलिहानाहानमा एक कारोवारी घाईते भएका छन्। प्रहरीले चलाएको गोली लागेर लागुऔषध कारोवारी भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम घाइते भएका हुन्।
नवराजपुर गाउँपालिका ४ मा लागुऔध कारोवार भईरहेको छ भन्ने सूचना पाएर पुगेका प्रहरीमाथि भारतीय नम्वरप्लेटको दुईवटा मोटरसाइकलमा रहेका कारोबारीले प्रहरीमाथि गोली चलाएको थियो। प्रहरीले प्रतिकारको क्रममा चलाएको गोली लागेर अवदुल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
मोटरसाइकलमा रहेका अन्य भने भाग्न सफल भएको डीएसपी पालले बताए। उनले भने, ‘हाम्रो मुख्य टार्गेटमा अवदुल नै थियो, हामीले उनलाई टार्गेट गर्दा सीमा नजीक भएकाले अन्य भने भाग्न सफल भएको छ। उनीहरुको पनि खोजीकार्य भईरहेको छ।’
प्रहरीले उको साथबाट प्लास्टिकसहित प्रतिवन्धित लागुऔषध १२२ ग्राम ८० मिलि ग्राम ब्राउनसुगर र उक थान कटुवापेस्तोल बरामद गरेको छ।
गोली लागेर घाइते भएका अबदुललाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यहि असार ७ गते पनि गोली चलाएर दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो।





















