सिरहा, १७ असार। अवैधरुपमा ग्राभेल उत्खननगरी टिफरमा ल्याईरहेको अवस्थामा तीन थान टिफर सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नगरपालिका ७ टेनाटोलबाट ग्राभेल लोडगरेर ल्याईरहेको अवस्थामा म. प्र. ०३–००१ क २४५९, म.प्र. ०३–००१ क २४६० र बा.प्र. ०३–००१ क २९७३ नम्वरको टिफर बुधबारराति नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसाको संयुक्त टोलिले उक्त टिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचनाअधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। नियन्त्रणमा लिएको सवै टिफर आवश्यक कारवाहीको धनगढीमाई नगरपालिकामा आज बुझाएको छ।
धनगढीमाई नगरपालिकामा यस वर्ष कुनै पनि व्यसायीले ग्राभेल खानी दर्ता नगराएपनि चोरी निकासीभने रोकीएको छैन। स्थानिय जनप्रनिधीकै मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयको भनाई छ। हिजो आजपनि ग्राभेल उत्खनन गरेर धनगढीक्षेत्रको महेन्द्रराजमार्गकै आसपास भण्डारण गर्ने गरेको छ। यसप्रति नगरपालिकाले अन्देखा गरेको स्थानीयको आरोप छ।























