जनकपुर, १३ वैशाख । दलित महिला संजालका सदस्यहरुको लागि नागरिक तथा मतदाता शिक्षामा सामुदायिक चेतना अभिमुखिकरण कार्यक्रम जनकपुरधाममा आज मंगलवार सम्पन्न भएको छ।333

दलित महिला संघ (फेडो) द्वारा सञ्चालित समग्र विकासको अवरोध जातिय तथा लैंगिक विभेद दलित महिलाको विकास र सामाजिक न्यायको लागि शासन सुदृढीकरण परियोजना अन्तर्गत सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडामा गठित दलित महिला संजालका सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागि बक्ताहरुले मतदाता शिक्षालाई दलित बस्तीहरुमा लैजानुपर्नेमा जोड दिएका छन् ।

निर्वाचनको महत्व बारे दलित समुदाय थाहा नहुदाँ प्राप्त भएको अधिकार समेत पाउन नसकिरहेको बताउनुहुँदै दलित महिला संघका कार्यकारी निर्देशक नरेश सोबले मतदाता शिक्षालाई गाउँ गाउँमा लैजानुपर्ने बताउनुभयो।

दलित समुदायमा स्थानीय सरकारका अधिकार, निर्वाचनमा मत कसरी सदुपयोग गर्ने जस्ता बिषयमा जानकारी नहुदाँ अझै पनि दलित समुदायको मत बदर हुने दर बढी रहेको बताए।

दलित महिला संघ धनुषाका अध्यक्ष पल्टी महराले आसन्न स्थानीय तह निर्वाचनमा मत बदर हुन नदिन दलित समुदायलाई मतदाता शिक्षा दिनुपर्नेमा जोड दिनुहुँदै समयमै विवाह दर्ता र नागरिकता जस्ता व्यक्तिगत घटना दर्ता नगराउँदा अधिकाशं दलित महिलाहरु अझै पनि मतदानको अधिकारबाट बञ्चित भईरहेको बताए।

मतदान कसरी गर्ने? मतदाताको अधिकार के हो? मत बदर हुन नदिन के विधि अपनाउने ? स्वस्तिक चिन्ह कसरी लगाउने लगायतका बिषय समेटिएर दलित महिला संघ धनुषाका कार्यक्रम संयोजक सिजेन्द्र सदाले सहजीकरण गरेका थिए।

278335338_360710746006172_5298258433322323470_n