सिरहा, ११ वैशाख । सिरहा सिरहामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइइ) को आज दोस्रो दिन भएको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निस्कासन गरेको छ । परीक्षामा चिठ, फ्ल्याप र मोवाईल प्रयोगगरी परीक्षाको मर्यादाविपरीत कार्यगरेकाले उनीहरुलाई निस्कासन गरिएको हो।
परीक्षालाई मर्यादा विपरीत कार्यगरेको भन्दै बस्तिपुर मा.वि. लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मा.वि. परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्कासन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए।
सञ्चारकर्मी सहित जिल्ला अधिकारी कवाडी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्कासन गरेको जनाए । जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोवाईल ह्वाट्स एप, फोटोकपी र चिठ प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्कासन गरेको जनाए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्कासन गरिएको हो।
सिरहाको गोलबजार नपा ३ जमदहस्थित सरस्वाती माध्यमिक विद्यालयमा भेटिएको आजको गणित विषयमा चिठ।
परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरु भोलीबाट परीवर्तन गरिने समेत कवाडीले जानकारी दिए।
यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिड पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बताएको आरोप लगाए। उनले भने, ‘एक जना प्रहरीबाट हामीले चिठ खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चिठ बुझायौं, तर त्यसको केहीवेरमै फेरी चिड कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षा कर्मीकै असहयोगले यस्तो भएको हो ।
एसइइ परीक्षा ग्रेडिङ्ग प्रणालिमा गएपनि निजी विद्यालयहरु ग्रेडवद्धिकै लागि परीक्षा केन्द्रसम्म प्रभावित बनाउन पुग्ने गरेको छ ।
वस्तिपुर मा.वि. परीक्षा केन्द्रमा देव आईडल आवासिय विद्यालय लहान, लिटिलस्टार आवासिय विद्यालय, न्यू मनकामना आवासिय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी मा.वि.का विद्यार्थीहरुले परीक्षा दिईरहेका छन् ।
प्यारागन आवासिय विद्यालय, मनोकामना आवासिय विद्यालय, सारदा मा.वि., एभरेष्ट मा.वि., ग्लोवल एकेडेमी लहान र मा.वि. गोविन्दपुरको परीक्षा केन्द्र माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीमा रहेको छ।
पडरीया थारुटोल मा.वि. मा पशुपति मा.वि. लहान र सलहेश फूलबारी आवासिय विद्यालयको परीक्षा केन्द्र रहेको छ।
त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फेटोकपी प्रयोग गरेर चिठ बनेको पाईएको छ। यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्वन्धमा छानविन गरिने सम्वन्धित निकायले जनाएको छ ।
यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मा.वि., नमुना प्राविधिक मा.वि. गोलबजार, जेम्स अंग्रेजी वोर्डिङ स्कूल., शुभ श्री आवासीय मा.वि र आईजेभीएम आवासीय मा.वि.को परीक्षा केन्द्र रहेको छ ।
यता शिक्षा विकास तथा समन्वय इकालई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्कासन भएको र केन्द्राध्याक्ष परीवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाए । उनले भने, ‘अधिकारी ज्यूले जानकारी र निर्देशन दिनुभएको छ, हामी भेटेर छलफलगरी आवश्यक निर्णय लिन्छौं ।
यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।