सिरहा, १० वैशाख । स्थानीय महिलाहरुको शिप र क्षमता विकास गर्ने उदेश्यले सुखिपुर नपा ७ बलहीमा १० दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ । मधेश प्रदेशका सासंद नरेश कुमार यादवको विकासकोषको सहयोगमा सञ्चालित तालिममा महिलाहरुको स्वास्थ्य सुरक्षा, निरोगी हुने उपाय, लैङ्गिक सचेतना, आर्थिक सवलिकरणका उपायहरु, पितृसत्ताले लिङ्गिय समानतामा बाधा पुर्याउने कारक तत्वहरु र यसका उपचार विधिसँगै क्षमता विकासका विषयमा सचेतिकरण गरिएको थियो ।
तालिमबाट महिलाहरुले आफ्ना हक अधिकार र स्वास्थ्य कसरी रहने भन्ने विषयमा जानकारी प्राप्त गरेको बताए । महिला स्वास्थ्य उपचारमा घरेलु जरीबुट्टिको प्रयोग र यसको प्रभावको विषयमा आफूहरुले जानकारी हासिल गरेको तालिममा सहभागी सृजना विक र इन्दा देविले बताए ।
तालिमको अन्त्यतिर स्थानीय महिलहरुकै अगुवाईमाा ३४ जना रहेको तुलसी महिला समूह गठन गरेका छन् । समूहले ११ जनाको कार्यसमिती समेत चयन गरेको तालिमका सहजकर्ता गोविन्दराज विष्ठले जानकारी दिए ।
तालिमबाट उत्प्रेरित भएर समूह गठन गरेको विष्टले सुनाए । उनले समूह गठनलाई उपलब्धीको रुपमा लिइएको बताए । तालिममा ५४ जना महिलाहरु सक्रिय सहभागी रहेको र उनीहरु क्षमतावान हुँदै गएको सक्रिय सहभागी सृजना विक बताए ।
उपभोक्ता समिति सिरहाको आयोजनामा १० दिन तालिम सञ्चालन भएको बताए । तालिम पछि सहभागी मध्येबाटै बचत गर्ते समूह गठन गरि महिला लक्षित विधिवत कामहरु गर्ने आयोजक संस्थाका अध्यक्ष उम्दा कुमारी साहले जानकारी दिए ।
प्रथम चरणमा सुखिपुर र दोस्रो चरणमा लक्ष्मीपुर पतालिमा तालिम सञ्चाल भईरहेको आयोजकले जाएको छ । तालिमको मुख्य प्रशिक्षक गोविन्दराज विष्ट र सहयक प्रशिक्षकको रुपमा रामलखन मण्डल रहेका छन् । लक्ष्मीपुर पतारीपोखरीको माविमा सञ्चालन भईरहेको तालिममा ४५ जना विपन्न तथा दलित समुदायका महिलाहरु सहभागी रहेका छन् ।