बर्दिवस, ७ वैशाख । मंगलबार राति आएको हावाहुरीले उडाएको जस्तापाताले निधारमा लागेर एक महिलाको मृत्यु भएको छ । हुरीले गोठको जस्ता उडाएर निधारमा गम्भिर चोट लागेका जलेश्वर नगरपालिका ८ रतवाराकी ४५ बर्षीया कुशन देवी मुखियालाई उपचारको लागि लग्ने क्रममा बाटो मैं मृत्यु भएको हो।
हावहुरी चलिरहेको अवस्थामा आफ्नै गोठमा भैसी बाध्ने क्रममा छनोमाथि बाट जस्ता झरेर उनको निधारमा गहिरो चोट लागेको थियो ।
चोट लागेर घाइते भएकी उनलाई उपचारको लागि जलेश्वर अस्पताल ल्याआउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।