लहान ७, बैशाख । हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्रको एक समारोह विच समुद्घाटन गरिएको छ । डिभिजन वन कार्यालय सिरहा, लहानका कार्यालय प्रमुख शुभाषचन्द्र दासको प्रमुख आतीथ्यमा शिलालेख स्थापना गरि उद्घाटन गरिएको हो।
शिलालेख स्थापना गरि उक्त क्षेत्र विधिबत रुपमा पर्यटकीय क्षेत्र घोषणा गरिएको कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समिती लहान नगरपालिका १५ शोभापुरका अध्यक्ष रुद्रनारायण चौधरीले बताए।
उद्घाटन समारोहमा प्रमुख अतिथी दासले स्थानीयको प्रयास र सक्रियतामा हात्तीदह पर्यटकीय स्थलको रुपमा विकास भएको बताए। एनले स्थानीयको यस्तै सक्रियता रहेमा आगामी दिनमा समेत नेपाल सरकारको विभिन्न कोषबाट डिभिजन वन कार्यालयले सहयोग गरिरहने प्रतिबद्धता गरे।
उद्घाटन कार्यक्रममा हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्रकोको रुपमा चिनाउन डिभिजन वन कार्यालय लहानको महत्वपूर्ण योगदान रहेको स्थानीयहरुले चर्चा गरेका थिए।
कार्यक्रममा समुहकी सह–सचीव योगिता चौधरीले स्वागत मन्तव्य रखेका थिए। भने, कोषाध्यक्ष गिता चौधरीले आर्थिक बर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनमा स्थानीय, प्रदेश र संघिय सरकारले पुर्वाधार विकासका लागि दिएको अनुदान बजेट विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा लहान १५ का वडा अध्यक्ष तेजनारायण चौधरी, समुहका सल्लाहकार वलिराम चौधरी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको उदघोषण समुहका सचीव बद्री सदायले गरेका थिए ।
।
प्राकृतिक सौन्दर्यले भरेको ५६ हेक्टर जङ्गल ओगटेको उक्त सिमसार क्षेत्रलाई संरक्षण सम्बर्द्धन गर्न स्थानीय, प्रदेश र संघिय सरकार लागि परेको समुहका अध्यक्ष रुद्र नारायण चौधरीले बताए।
दहमा पर्यटकलाई लोभ्याउने खालका विभिन्न पुर्वाधारहरु निर्माण भएका छन्। दहमा अहिले प्रत्येक दिन पर्यटकहरुको भिडभाड बढिरहेको छ।
पिकनिक पार्क, बोटिङ्ग, चिडियाखाना, बच्चालाई रमाईलो गर्ने खेलकुद पार्क लगायतको ब्यवस्थापन गरिएकोले दैनिक जसो हजारौंको संख्यामा देश तथा देश बाहिरको पर्यटकहरु आउने गरेको छ।
हात्तीदह कहिले न सुक्ने विशाल नदि हो। करीब ३ बर्ष अगाडी हात्तिहरु उक्त नदिमा आएर पानी खाने, नुहाउने गरेको स्थानीय बुढापाकाहरु बताउँ छन्। जंगली हात्तीहरु राती निस्केर आसपासको क्षेत्रमा मनविय क्षत्तीका साथै भौतिक क्षती गर्थे। नजिकका किसानलाई खेतवारी गर्न दिन्थेन्। दिउँसो त्यहाँ मानिसहरु जान डराउने गरेको स्थानीयहरु बताउँछन्।
करिब ७ सय मिटर लम्बाई र ३० फिट गहिराई भएको उक्त दहमा हात्ती बस्ने गरेकोले ‘हात्तीदह’ नमाङ्कन गरिएको ईतिहास छ।