सप्तरी, ३ बैशाख । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीको अध्यक्षमा चतुरनारायण चौधरी चयन भएको छ । सप्तरीको कल्याणपुरमा सम्पन्न संस्थाको २६ औं साधारणसभा तथा छैठो अधिबेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

srijana

संस्थाको उपाध्यक्षमा बबिता देवी चौधरी, सचिवमा सुनिल कुमार चौधरी, सहसचिवमा सुशिला कुमारी चौधरी र कोषाध्यक्षमा धनजीत कुमार भगतलाई चयन गरेको छ ।

यस्तै कार्यसमितिको सदस्यहरुमा योगेन्द्र प्रसाद चौधरी, दिनेश कुमार चौधरी, किरण कुमारी चौधरी, रेखा कुमारी चौधरी र रामकुमार पासवानलाई चयन गरेको जनाएको छ । कार्यक्रममा मानवअधिकारकर्मी शम्भुननन्द चौधरी र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीलाई मर्नाेउप्रान्त सम्मान गरेको छ ।