सिरहा, २८ चैत । राजस्व हिनामिना काण्डमा मलाई बदनाम गर्ने योजना सहित कर्मचरीहरुले मेरो नाम मुछेको सिरहाको विष्णुपुर गाउँ पालिका अध्यक्ष जागेश्वर यादवले बताएको छ। राजस्व हिनामिनाको विषयमा तत्कालिन राजस्व प्रमुख नायव सुब्बा महेन्द्र प्रसाद यादवले मलाई बदनाम गर्ने नियतले नाम मुछेको अध्यक्ष यादवले आरोप रहेको छ।
अध्यक्ष यादवले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महत र राजस्व प्रमुख यादवले योजनाबद्ध तरिकाले मलाई बदनाम गरिरहेको बताए । उनले भने, ‘मैले नियमित रुपमा राजस्व रकम जम्मा नभएको जानकारी पाएदेखिनै ताकेतागर्न प्रशासकिय अधिकृत महतलाई निर्देशन दिएपनि उनले तत्परता देखाएन, पछि महालेखाले समेत ताकेता गर्नु पर्ने अवस्था अयो, अहिले मलाई मदनाम गर्ने कोसिस भईहेको छ ।’
महत २०७७ भदौ २४ गते देखि २०७८ फागुन २९ गते सम्म प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिमा थिए । महतले यस अवधिमा एक पटक २०७८ भदौ ४ गते आन्तरीक राजश्व रकम बैंकमा दाखिला यादवको नाममा पत्र काटेका थिए ।
सोही पालिकाको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत दिप कुमार यादवलाई २०७८ फागुन ३० गते प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएका थिए ।
यदवले नियमि राजस्व जम्मा नभएपछि पटक पटक प्रशासकिय अधिकृतलाई दिर्नेशन गरेपनि उनले एक पटकमात्र पत्र काटेको बताए । उनले भने, ‘मैले राजस्व नियमित जम्मा भईरहेको छैन भन्ने जानकारी पाउना साथ जम्मा गर्न लगाउन पत्र लेख्न अनुरोध गरे, तर उनले धेरैपछिमात्र पत्र काटे ।’
उनले पछिल्लो पटक पनि १५ गते नयाँ प्रशासकिय अधिकृतलाई पत्र काट्न लगाई सकेको बताउँदै अव चैत मसानन्तसम्मा रकम नबुझाए कानुनि प्रकृयामा जाने बताए।
राजश्व प्रमुख नायव सुब्बा महेन्द्र प्रसाद यादवले आर्थिक वर्ष ०७७÷७८ मा संकलन भएको मध्ये ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ अझौ पालिकाको बैंमा जम्मा गरेका छैनन्। एनले यो रकम गाउँ पालिका अध्यक्षले चलाएको आरोप लागाउँदै आएको छ।
राजस्व शाखामा कार्यरत यादवले २०७७ साउन १ गते देखि २०७८ असार ३१ गतेसम्म एक वर्षको अवधिमा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये अझै ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ अझै बैंक दाखिला नगरेको प्रमुख प्रशासकिय अधिकृत दीप कुमार यादवले जानकारी दिए। उनले आफू भर्खरै यो जिम्मेवारीमा आएकोले धरै कुरा थाहा नभएपनि राजस्व रकम बैंक दाखिला नभएको पाईएपछि आफूले तुरुन्त आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ बमोजिम २५ प्रतिशत जरिवाना सहित ४२ लाख ७९ हजार ३ सय ३७ रुपैयाँ दाखिला गर्न गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशन सहितको पत्र काटेको जानकारी दिए।
यता नासु महेन्द्र प्रसाद यादवले प्रशासनिक रुपमा आफू दोसी भएको स्वीकार गरेको छ । उनले प्रशासनिक हिसावले मैले जिम्मेवारी लिनु पर्छ तर यो रकम आफूले गाउँ पालिका अध्यक्ष जागेश्वर यादवलाइ दिएको बताउँदै आएको छ। उनलेभने, ‘मैले त्यसरी गर्नु हुनथिएन । तर अध्यक्षले काम छ ल्याउन पछि मिलाउँला भन्दै रकम लिनुभयो, अहिले म समस्यामा परें।’