तस्विर ः संजय पटेलको फेसबुकबाट ।

वीरगञ्ज, २८ चैत । सामाजिक सञ्जालमा तस्बिर देखे, झट्ट देख्दा हाँसो फुस्किएपनि एकछिन गम्भिर भएर तस्बिरलाई नियाल्दा मन खिन्न भयो । समाचार कै विषयवस्तु बन्छ जस्तो लागेन अनि लेख्ने मन पनि थिएन । तर आत्माले मानेन अनि लेख्न विवश भए ।278102246_1071247807081842_5904883143990559740_n
तस्बिर हो, वीरगञ्जको घण्टाघर नजिकै रहेको बीपी उद्यानमा निर्मित शहिद स्मारकमा स्थापित शालिकको । शालिक भएर मात्रै यति चिन्ता हैन, चिन्ता हो शालिकसँगै रहेका कुकुरका कारण । व्यवस्था र अवस्था परिवर्तनका लागि आफ्नो प्राण आहुति दिएका शहिदहरुको स्मरणका लागि शालिक निर्माण गरेरै आफूलाई शहिदको पक्षधर भनिने राजनीतिक दलका नेताहरुले शहिद स्मारकको संरक्षण र प्रवद्र्धनमा चासो नदिँदा चिन्तित हुनुपर्ने अवस्था आएको हो ।siraha pawlik
२०७२ सालको मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका ७ जना शहिदहरुको स्मरणमा शालिक स्थापना गरिएको हो । धर्मराज सिँह राजपुत, शत्रुघ्न पटेल, दीलिप चौरसिया, दिनानाथ साह गोढ, सोहन साह कलवार, आशिष राम र जय प्रकाश साहको शालिकलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले २०७७ फागुन ८ गते अनावरण गरेर शहिद स्मारकको उद्घाटन गरेका थिए ।
तस्बिरमा ३ वटा कुकुर देखिएका छन् । शहिद सोहन साह कलवारको शालिक पछाडी एउटा कुकुर बसीरहेको छ भने अर्काे कुकरले शहिद कलवारको मुख नै छोप्ने गरी खुट्टा उचालिरहेको देख्न सकिन्छ । अर्काे कालो रंगको कुकुर शालिकको अगाडीबाट हिँडीरहेको तस्बिरमा देखिन्छ । उक्त तस्बिरलाई सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अर्थ न्युज एच डीका मधेश प्रदेश प्रमुख राजन रौनियार लेख्छन्, ‘मधेशी शहिदहरुको सपना यो त हैन होला ? निर्माण त गरियो, तर व्यवस्थापन कसले गर्ने ? यो तस्बिर देखेर दुःखी छु । तर यथार्थ यही हो ।’
यस्तै स्थानयि सन्ज्य पटेलले पनि आक्रोश पोखेका छन् । उनले पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवमाथि प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘माननिय प्रदिप यादवके शहिदप्रति सम्मान इह है ?’ स्थानीय श्याम कुमार भन्छन्, ‘यही दिन देख्नका लागि मधेशी नेताहरुलाई जिताएको हो र ?’
शहिद स्मारकलाई निर्माण गरेर मात्रै कर्तव्य पूरा हुँदैन, ति शालिक र स्मारकको संरक्षण एवम् प्रवद्र्धन गर्न पनि आवश्यक छ । स्थानीय यसको संरक्षणप्रति चिन्तित भएपनि सरोकारबालाको उदासिन्ताले उचित संरक्षण हुन सकेको छैन ।