वीरगञ्ज २४ चैत । थुनुवामा यातना दिएको आरोपमा एक प्रहरी जवान निलम्बनमा परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा रहेका वीरगञ्ज महानगरपालिका ९ का २५ वर्षीय बिजय श्रेष्ठलाई यातना दिएको भन्दै प्रहरी जवान अखलेश गिरीलाई विभागीय कारवाही गरी निलम्बन गरिएको हो ।siraha pawlik
प्रहरी थुनुवामा रहेका युवकको खुट्टामा तातो पानी खन्याएर कुटपिट गरी यातना दिएको घटना सार्वजनिक भएपछि अनुसन्धान थालिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनकारी दिए ।
प्रहरीले खन्याएको तातो पानीले श्रेष्ठको खुट्टामा घाउ भएको छ । यातना दिनेकार्यमा संलग्न भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गिरीलाई निलम्बन गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
बस्नेतका अनुसार सुरुमा यातना दिएपछि तातो पानीले सेक्ने बेलामा धेरै तातो भएकाले घाउ भएको हो । यातनाबाट घाइते श्रेष्ठलाई भोलिपल्ट बिहानै वीरगञ्ज महानगरपालिका ९ का वडाध्यक्ष मनोज कलवारको जिम्मा लगाएर छाडिएको थियो ।