जनकपुर, २२ चैत । मधेश सरकारले २०७९ सालमा संघीय सरकारले दिएकोबाहेक थप ११ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेशमा मनाइने विभिन्न पर्व, दिवस पारेर थप ११ दिन विदाको सूची सरकारले थपेको हो ।siraha pawlik
आगामी वैशाख २ गते सिरुवा पर्व, वैशाख २७ गते जानकी नवमीको विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै, छठ पर्वको भोलिपल्ट कात्तिक १४ गते सोमबार, विवाहपञ्चमीका दिन मंसिर १२ गते सोमबार, मधेश बलिदानी दिवस मनाउन माघ ५ गते बिहीबार, जनयुद्ध दिवस मनाउन फागुन १ गते, होली पर्वको भोलिपल्ट फागुन २४ गते बुधबार र चैत १६ गते बिहीबार रामनवमीको विदा दिइएको छ । अब जनयुद्ध दिवसका दिन फागुन १ गते पनि मधेशमा सार्वजनिक विदा दिने भएको छ ।