सिरहा,१६ चैत । संचार मन्त्री भरत साहले सिरहाको गोलबजार नपा–४ मा रहेको रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्यामपस परिसरमा हुन लागेको आरसीसी ढलानको शिलान्यास गरेका छन् । मधेस प्रदेशका सासंद जगद प्रसाद यादवको संसदिय विकास कोषको रकमबाट प्राप्त ३० लाख रकमबाट बन्न लागेको आरसीसी ढलान बाटोको बुधबार विहान एक समारोह विच ढलान गरेका हुन् ।
प्राप्त रकमबाट क्यामपसको मुल गेट देखि मोटर–साइकल स्टेन्ड सम्म र क्यामपस भित्रको मूख्य गेट देखि सौचालय सम्म आरसीसी दलान गर्ने योजना रहेको समितिकि अध्यक्ष शुशिला देबी महतोले जानकारी दिए । उनले केहि काम संचालन भैसकेको र बाँकि रहेको काम सुरुगर्न लागेको बताए ।
प्राप्त रकममध्येबाटै अधुरो रहेको बिधालय भवनको लागि प्रदेश संसद कोष–बाट आएको बजेटमा क्यामपस भित्र आरसीसी दलान, पलास्टर, झ्याल ढोका, रंग–पेन्टको काम पनि हुने क्याम्पस प्रमुख किशोर साहले जानकारी दिए ।
शिलान्यास क्रयाक्रम्मा प्रदेश संसद जगत प्रसाद यादव, क्याम्पस प्रमुख किशोर साह, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।