सिरहा, १५ चैत । प्रहरीले प्रतिवन्धित लागु औषध सहित सिरहाको गोलबजार नगरपालिका ५ बा एक युवकलाई नियन्त्रणमा लिएको छ । घरमा लुकाई राखेको भन्ने विशेष सुचनाको आधारमा घरमै पुगेका प्रहरीले स्थानीय ३२ वर्षीय अरूण कुमार साहलाई नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र इन्जेक्सन सहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले खान तलास गर्दा उक्त लागूऔषध, इन्जेक्सन लगायतका सामान फेला पारी साहलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।