जनकपुर, १४ चैत । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका १२ बरकुर्वामा ज. ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सबैला नगरपालिका २ का १५ बर्षीय राहुल यादव, १२ बर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादवको मृत्यु भएको हो ।
भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।
आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएपनि चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
।
दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । ‘दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन’ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बस्नेतले भने, ‘घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।