नारायणी अस्पतालको बन्द सिटिस्क्यान सेवा ७ वर्षपछि सूचारु

    • चैत्र १३, २०७८
    • ५५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १३ चैत । वीरगञ्जस्थित नारायणी अस्पतालमा करिब ७ वर्षदेखि बन्द रहेको सिटिस्क्यान सेवा आइतवारदेखि पुनः सुचारु भएको छ । जनशक्ति अभावका कारण बन्द रहेका सिटिस्क्यान पुनः सेवा सूचारु भएको हो ।
    नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. बिरेन्द्र बहादुर प्रधानका अनुसार सिटि स्क्यान मेशिन सुचारुका लागि जनशक्तिको अभाव छ ।
    यद्यपी ३ सिफ्टमा सञ्चालन गर्न ३ जना कर्मचारी आवश्यक भएपनि जनशक्तिको अभावमा एकै जना कर्मचारीको भरमा सेवा सुचारु भएको डा. प्रधानले बताए । अस्पतालमा ९ वटा सिटि स्क्यान मेशिन भएपनि ६ वटा मेशिन सुचारु अवस्थामा छन् । बिग्रिएका अन्य ३ वटा मेशिन पनि मर्मत कार्य भईरहेको डा. प्रधानको भनाई छ ।
    प्राविधिक कामहरु केही बाँकी रहेको हुँदा अर्काे हप्तादेखि पुर्ण रुपमा सञ्चालन हुने अस्पतालका रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले बताए । साहका अनुसार नारायणी अस्पतालमा ४० स्लाईस क्षमताको मेशिन जडान गरिएको छ । नेशनल मेडिकल कलेजमा १ सय ६० स्लाईस क्षमताको जडीत छ भने त्याँहापछिको बढी क्षमताको मेशिन नारायणीमा जडान गरिएको हो । अन्य ठाउँको भन्दा नारायणी अस्पतालमा २५ देखि ३० प्रतिशत कम शूल्कमा सिटि स्क्यान हुने रेडियो टेक्नोलोजिस्ट साहले जानकारी दिए ।
    गरीब तथा विपन्न परिवारका व्यक्तिहरुलाई चिकित्सकको सिफारिसका आधारमा सिटिस्क्यानमा २० प्रशितसम्म छुट दिन सकिने अस्पतालका निमित्त मेसु प्रधानले बताए । मधेश प्रदेशकै जेठो सरकारी अस्पतालमै सिटि स्क्यान सेवा सूचारु भएसँगै चर्काे शूल्क तिरेर निजि अस्पतालमा सिटिस्क्यान गराउनुपर्ने बाध्यता अन्त्य भएको डा. प्रधानको दावी छ ।
    नयाँ सामान खरिद गर्दा पनि २÷३ महिनाभित्रै बिग्रिएर थन्क्याउनुपर्ने विगतका उदाहरणले स्पष्ट भएपनि अहिले पुनः ४ करोड ९१ लाख खर्चिएर जडित उपकरण कहिलेसम्म टिक्छ त्यो भने हेर्न बाँकी छ ।

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल