राजधानी किभनजिकै पुग्यो रुसी सेनाः हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

    • फाल्गुन २८, २०७८
    • ६१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    किभ, २८ फागुन / युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘दश जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा भनेको छ, ‘उनले दुश्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’

    दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् । मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो सहरका मेयरले बताएका छन् । सो सहरमा १२ सय जनाको मृत्यु भइसकेको छ । खाद्यन्नको अभावमा मानिसहरु भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् । मारिओपोलमा बिगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् ।

    रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्य शहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुबरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।
    vacancy announcement

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल