जनकपुर, २८ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन् । पजियार नेता विमलेन्द्र निधिका निकटका उम्मेदवार हुन् ।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो । पहिलो चरणमा तेस्रो भएका डा. शेखर कोइराला पक्षका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए ।
सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए । दोस्रो चरणको निर्वाचनमा पजियारलाई केन्द्रीय नेताहरु रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव लगायतको समर्थन थियोे ।
सभापतिमा निर्वाचित यादव धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरसमेत हुन् ।